२०८३, आश्विन २१ गते

images

एक महिनामै ह्वात्तै घट्यो फोरजी प्रयोकर्ताको संख्या, यस्तो छ कारण ?

एक महिनामै ह्वात्तै घट्यो फोरजी प्रयोकर्ताको संख्या, यस्तो छ कारण ?

शुक्रवार, माघ ११ २०८१०२:५०
शुक्रवार, माघ ११ २०८१०२:५०
  • images

    काठमाडौँ । नेपालमा पछिल्लो समय फोरजी प्रयोकर्ताको संख्यामा निरन्तर घट्दो क्रममा रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या एक महिनामै करिब २ लाखले घटेको हो ।

    मंसिरसम्म २ करोड ५२ लाख ६० हजार २५३ फोरजी प्रयोगकर्ता रहेकोमा पुसम्म आउँदा २ करोड ५० लाख ७५ हजार ४१९ मा सिमित भएको हो।

    तथ्यांक अनुसार मंसिरसम्म फोरजी प्रयोग गर्ने प्रयोगकर्ताको संख्या २ करोड ५२ लाख ६० हजार २५३ रहेको थियो । यो अनुसार १ महिनामै १ लाख ८४ हजार ८३४ प्रयोगकर्ता घटेका छन् ।

    नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले नचलेका पूराना नम्बरहरू सिस्टमबाट हटाउँदा घटेको देखिएको बताए । ‘खासमा फोजरी प्रयोगकर्ताको संख्या घटेको होइन,’ उनले आइसिटी समाचारसँग भने, ‘पूराना नचेलका नम्बर सिस्टमबाट हटाउँदा नदेखिएको हो ।’ 

    यो अवधिमा नेपाल टेलिकमले १ लाख ५६१ फोरजी प्रयोगकर्ता गुमाएको छ भने एनसेलले ८४ हजार ३१६ फोरजी प्रयोगकर्ता गुमाएको छ । 

    मंसिरसम्म नेपाल टेलिकमका १ करोड ३२ लाख ५८ हजार ३९५ र एनसेलका १ करोड २० लाख १ हजार ८९८ फोरजी प्रयोगकर्ता रहेका थिए । 

    तर पुससम्म आउँदा यो संख्या नेपाल टेलिकमको १ करोड ३१ लाख ५७ हजार ८३७ र एनेसेलका १ करोड १९ लाख १७ हजार ५८२ सिमित भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend