२०८३, आश्विन २१ गते

images

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

शुक्रवार, फाल्गुण ९ २०८११०:५८
शुक्रवार, फाल्गुण ९ २०८११०:५८
  • images

    काठमाडौँ । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याकहरु सञ्चालनमा ल्याएको छ। यी प्याक ग्राहकलाई सधैँ अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएको एनसेलले जनाएको छ।

    करसहित ९० रूपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन्। ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन्।

    यो अफर विषेशत छोटो अवधिको लागि बिनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो। ग्राहकहरूले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन्। कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमाबिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ।

    यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १:१ जीबी मोबाइल डेटा भोल्युम करसहित मात्र ५० रूपैयाँमा पाउन सक्छन्। यो डेटा तीन दिनसम्म मान्य रहन्छ। सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ।

    ग्राहकहरूले एनसेल एपबाट वा *१२३*४*२*१# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन्। यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाइजस्ता प्लेटफर्महरूमा गीतसंगीतको मज्जा लिनेलगायतका कार्यका लागि उपयुक्त छ।

    विषेशगरी छोटो छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकहरुका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरुका लागि लाभदायी हुने एनसेलले जनाएको छ। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend