२०८३, आश्विन २१ गते

images

टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छः प्रधानमन्त्री

टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छः प्रधानमन्त्री

बिहिवार, फाल्गुण १५ २०८११२:३८
बिहिवार, फाल्गुण १५ २०८११२:३८
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन्। 

    डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेको भएपनि यो सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन्।  

    ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु हुन् । २० औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो। टेलिभिजनको सुरुवात गर्यो। कम्प्युटर सुरुवात गर्यो। लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआइको जमनामा आइपुगेका छौं। डिजिटल संसारमा आइपुगेका छौँ। यसलाई मानव जातिले  आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौं,’ प्रधानमन्त्री ओलीले भनो, ‘तर यो सदुपयोग मात्र भइरहेको छैन। कम्प्युटर साइन्स, डिजिटल एवम आइटीको डेभलपमेन्टलेसुविधा दियो भन्ने चिन्ता त कतै छैन।’

    उनले साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुखसुविधा दिलाउने, सहजता दिलाउने र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने भएको बताए। 

    प्रधानमन्त्री ओलीले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरुले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए। उनले डिजिटल विकास र सुविधाको प्रयोग गरेर अरु प्रकारका अपराधहरु गर्ने क्रिमिनलहरुका लागि सहज भएको समेत बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend