काठमाडौँ । भिजिबिलिटी कम भएपछि नेपाल आएका तीनवटा जहाज ‘डाइभर्ट’ भएका छन्। परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता डाइभर्ट भएको हो । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।
यस्तै, उनीसहित नेपाल एयरलाइन्स र सिचुवान एयरलाइन्सको हाज पनि भारत डाइभर्ट गरिएको हो। मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ।
त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा डाइभर्ट गरिएको छ।
यद्यपि ६ वटा अन्य जहाज भने त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको विमानस्थलले जनाएको छ। हिमालय एयरलाइन्स, एयर इन्डिया, विमान बंगलादेश, चाइना साउदर्नलगायत ल्यान्ड भएका हुन्।
खराब मौसमले हवाई उडान प्रभावित,पोखरा र भैरहवामा हुन सकेन उडान

