काठमाडौँ । बीना अनुमति नुनको कारोबार गर्दै आएका व्यापारी मोतिलाल दुगड अर्बौ नोक्सानीमा गएको पाइएको छ । व्यापार व्यवसाय छोडेर एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीका विश्वासपात्र बनेका उनले ऋण तिर्न नसकेपछि होटल नै बिक्री गरेका हुन् ।
पुनः नुनको कारोबार फुत्काउन लागिपरेका उनले बैंकको किस्ता भुक्तानी गर्नकै लागि भाटभटेनी सुपरमार्केटलाई विराटनगरमा निर्माणधिन ‘होटल सेन्चुरियन’ बिक्री गरेका छन् ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई उनले होटक किनिसकेका छन् । १० वर्षदेखि निर्माणधिन होटल उनले केही समयअघि गुरुङलाई एक अर्ब ५५ करोड रुपैयाँमा बिक्री गरेका हुन् । उक्त होटल बैंकमा धरौटी राखेका कारण नामसारी भने हुन सकेको छैन् ।
भाटभटेनीका सञ्चालक गुरुङले उक्त भवनमा पाँचतारे होटलसहित, मल र इन्टरटेनमेन्ट पार्कसमेत सञ्चालन गर्ने तयारी गरेका छन् । देशभर सुपरमार्केट विस्तार गर्दै आएका मिनवहादुर गुरुङ पछिल्लो समय होटल विस्तारमा लागि परेका छन् । दुगडसँग उक्त होटल खरिद गरेका उनले व्यवसायी उमेश श्रेष्ठसँग मिलेर काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटल खरिद गरेर पुनः निर्माण गर्दैछन् ।
पैसा नतिरेपछि करोडौँका चेक बाउन्स
लामो समयदेखि दुगडले बैंकको किस्ता तथा केही व्यक्तिसँग लिएको ऋण तिर्न नसकेपछि करोडौँका चेक बाउन्स भएका छन् । व्यक्तिगत रुपमा दिएका चेक बाउन्स हुन थालेको हो । ऋण तिर्न नसकेपछि बैंकले धितो रोक्का गरेको छ भने विभिन्न व्यक्तिलाई दुगडले काटेका चेक बाउन्स भएका छन् ।
यसअघि व्यवसायी दिपक मल्होत्राले पनि विराटनगर वसपार्क दक्षिण होटल रत्नासँग जोडिएको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा जमिन झापा विर्तामोड स्थित पाँच तारे होटल किङसवेरीका तत्कालीन सञ्चालक प्रकाश गौतमलाई १ अर्ब २५ करोडमा विक्री गरेर ऋण तिरेका थिए ।
नुनमा दुगडको गिद्दे नजरः आफू मन्त्री हुँदा सकेनन्, व्यापार खुलाउन पौडेलको प्रयोग

