२०८३, आश्विन २३ गते

images
  • समाचार
  • निमित्त कार्यलय प्रमुख सहित ६ जना...

निमित्त कार्यलय प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

निमित्त कार्यलय प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, मंसिर ४ २०८२०२:१६
बिहिवार, मंसिर ४ २०८२०२:१६
  • images

    काठमाडौँ । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले बाजुरा स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

    २६ लाख १५ हजार २०६ रुपैयाँको लगानीमा हिमाली गाउँपालिका(६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्न स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई जिम्मा दिएको थियो ।

    तर, निर्माण उपभोक्ता  समितिले मापदण्ड विपरीत प्रयोगमा ल्याउन नसक्ने गरी भवन तयार गरी फर्जी बिल र प्रतिवेदनका आधारमा भुक्तानी लिएको आयोगको आरोप छ ।

    हाल उक्त संरचना प्रयोगविहीन भई भग्नावशेषमा परिणत हुँदा सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग भएको आयोगको आरोप छ ।

    आयोगले उनीहरूविरुद्ध जनही १५ लाख ८ हजार ५५७  रुपैइयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend