२०८३, आश्विन २१ गते

images
  • समाचार
  • एकैपटक ४४ उपसचिवको सरुवा, कहाँ कसले...

एकैपटक ४४ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ४४ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

बुधवार, आश्विन २१ २०८३१०:२२
बुधवार, आश्विन २१ २०८३१०:२२
  • images

    काठमाडौँ । सरकारले एकैपटक ४४ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीको सरुवा गरेको हो । 

    सरुवा हुने कर्मचारीहरूमा शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवातर्फ कार्यरत उपसचिवहरू रहेका छन् । मन्त्रालयले विभिन्न निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै उनीहरूको सरुवा गरेको जनाएको छ ।

    सरुवा सूचीअनुसार लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल सरुवा हुनेमा छन् ।

    त्यस्तै डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्सालको पनि सरुवा गरिएको छ ।

    सरुवा सूचीमा हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव पनि रहेका छन् ।

    यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको समेत सरुवा भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारीहरूले तोकिएको नयाँ जिम्मेवारीअनुसार सम्बन्धित कार्यालयमा हाजिर भई कामकाज सम्हाल्नुपर्नेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend