२०८३, मंसिर ७ गते

  • राजनीति
  • पशुपतिनाथको प्रसाददेखि गंगाजलसम्मः बालेन र मोदीबीच...

पशुपतिनाथको प्रसाददेखि गंगाजलसम्मः बालेन र मोदीबीच उपहार आदानप्रदान

पशुपतिनाथको प्रसाददेखि गंगाजलसम्मः बालेन र मोदीबीच उपहार आदानप्रदान

images
सोमवार, मंसिर ७ २०८३१२:२७
सोमवार, मंसिर ७ २०८३१२:२७
  • images

    काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको विशेष उपहार दिएका छन् ।

    दिल्लीमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टामा राखिएको रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन मोदीलाई उपहारस्वरूप प्रदान गरेका हुन् ।

    प्रधानमन्त्री शाहको सचिवालय स्रोतका अनुसार मोदीलाई दिइएको उक्त उपहार व्यक्तिगत तर्फबाट प्रदान गरिएको हो ।

    भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

    त्यस्तै, भारतस्थित नेपाली दूतावासको तर्फबाट प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहारसमेत प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend