काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर घटेको सुनचाँदीको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ११० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

