२०८३, मंसिर ७ गते

  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ७ निर्णयः प्रधानमन्त्रीको भारत...

मन्त्रिपरिषद् बैठकका ७ निर्णयः प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतदेखि चीनको अनुदान सहायता स्वीकारसम्म

मन्त्रिपरिषद् बैठकका ७ निर्णयः प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतदेखि चीनको अनुदान सहायता स्वीकारसम्म

images
शुक्रवार, मंसिर ४ २०८३०१:०२
शुक्रवार, मंसिर ४ २०८३०१:०२
  • images

    काठमाडौँ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त २ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।


    यी हुन् निर्णयहरू–

    – २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।

    – चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने।

    – अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

    – नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।

    – राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।

    – ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ स्वीकृत गर्ने।

    – राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend