काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो केही दिनयताको तथ्यांक अनुसार सुनचाँदीको मूल्य निरन्तर घट्न थालेको हो ।
महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख सात हजार ९९० रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ६५ रुपैयाँमा आइपुगेको छ ।

