२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सिमरा तनाव साम्य पार्न स्थानीय प्रशासन...

सिमरा तनाव साम्य पार्न स्थानीय प्रशासन र जेनजी अगुवाबीच आज ३ बजे छलफल

सिमरा तनाव साम्य पार्न स्थानीय प्रशासन र जेनजी अगुवाबीच आज ३ बजे छलफल

शुक्रवार, मंसिर ५ २०८२०२:४७
शुक्रवार, मंसिर ५ २०८२०२:४७
  • images

    काठमाडौं । बारा जिल्लाको सिमरा क्षेत्रमा दुई दिनदेखि जारी तनाव न्यूनिकरण गर्न स्थानीय प्रशासन र जेनजी अगुवाबीच आज दिउँसो ३ बजे औपचारिक छलफल हुने भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले जेनजी पक्षसँग छलफलका लागि सहमति जुटेको जानकारी दिएका हुन्।

    मिश्रका अनुसार पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा छलफल गर्ने तयारी गरिएको छ। जिल्लामा बढ्दो तनावका बीच बिहीबार नै प्रशासनले प्रदर्शनकारीलाई वार्तामा आउन आग्रह गरेको थियो, तर जेनजी पक्षले सिमरा आसपासमै वार्ता हुनुपर्ने माग राख्दै मौन बसेका थिए।

    प्रजिअ मिश्रका अनुसार छलफलको उद्देश्य तनावको जडबारे स्पष्टता ल्याई दुवै पक्षबीचको आपसी असमझदारी हटाउने रहेको छ। उनले भने, “छलफलले आपसी असमझदारी हटाउन सहयोग पुग्ने विश्वास छ।” प्रदर्शनको नेतृत्व गरिरहेका केही जेनजी अगुवाहरू छलफलमा सहभागी हुने जानकारी पनि उनले दिएका छन्।

    यसअघि जेनजी युवा समूहको उजुरीका आधारमा प्रशासनले एमालेसँग जोडिएका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा परेकामध्ये दुई जना जितपुर–सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष र एक जना एमालेका स्थानीय युवा नेता रहेका छन्।

    तनावको सुरुआत बुधबार भएको कुटपिट घटनाबाट भएको हो। एमाले नेता–कार्यकर्ताले केही जेनजी युवामाथि हातपात गरेको आरोप लगाइएपछि विवाद चर्किएको थियो। त्यसपछि सिमरा क्षेत्र दुई दिनदेखि अशान्त बनेको छ। कर्फ्यू आदेश अवज्ञा गर्दै जेनजी युवाहरूले बुधबार र बिहीबार वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend