२०८३, आश्विन २१ गते

images
  • अटो
  • इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ हरि पाण्डेले...

इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ हरि पाण्डेले पाए ३७ लाखको टाटा एक्सप्रेस ईभी

इनड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ हरि पाण्डेले पाए ३७ लाखको टाटा एक्सप्रेस ईभी

आइतवार, मंसिर ७ २०८२०४:११
आइतवार, मंसिर ७ २०८२०४:११
  • images

    काठमाडौँ । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले दशैँ–तिहारको अवसरमा आयोजना गरेको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनको विजेताको नाम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस क्याम्पेनको मुख्य उद्देश्य आफ्ना ड्राइभर पार्टनरहरूको कडा मेहनत र समर्पणलाई सम्मान र पहिचान दिनु हो।

    क्याम्पेन अन्तर्गत ग्रान्ड प्राइजको रूपमा टाटा एक्सप्रेस ईभी कार प्रदान गरिएको छ। विजेता हरि पाण्डेलाई उक्त सवारी प्रदान गरिएको हो । यो कार नेपालमा करिब ३७ लाख रुपैयाँमा उपलब्ध छ ।

    टीभीएस रेइडर मोटरसाइकल आकाश तामाङले जितेका छन् भने स्मार्टफोन पुरस्कार पाउने विजेताहरूमा तिलक थापा मगर, बिजय बस्नेत, राजेन्द्र महर्जन, श्यामकुमार लिम्बू र काजीमान रेग्मी मगर रहेका छन्। यसैगरी, साप्ताहिक विजेताहरूका लागि स्मार्टफोन, स्मार्टवाच र इयरबड्स वितरण गरिएको छ।

    क्याम्पेन दुई चरणमा सञ्चालन भएको थियो। पहिलो चरण फस्र्ट च्यालेन्ज भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ सम्म, र दोस्रो चरण सेकन्ड च्यालेन्ज (थ्री–वीक्स) भाद्र १६, २०८२ देखि असोज ५, २०८२ सम्म सञ्चालन गरिएको थियो। प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य भएका थिए भने सम्पूर्ण चरणमा स्ट्याटस कायम गर्नेहरू ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend