२०८३, आश्विन १९ गते

images
  • अटो
  • चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ...

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर

सोमवार, आश्विन १९ २०८३०२:३७
सोमवार, आश्विन १९ २०८३०२:३७
  • images

    काठमाडौँ । नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।

    यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाईएको इलेक्ट्रिक एसयुभी, नयाँ टाटा पन्च इभि नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ । 
     
    योजना अन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २,५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च इभि उपहार प्रदान गरिनेछ ।

    साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । यो चाडपर्वमा भाटभटेनीमा सपिङ्ग गर्दा ग्राहकहरुले २ नंया टाटा पन्च इभि जित्न सक्नु हुनेछ ।    

    tata.jpeg

    नयाँ पन्च इभि चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको इलेक्ट्रिक एसयुभी

    यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च इभि अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयुभी हो । नयाँ पन्च इभिमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।

    अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ पध्ज र ४० पध्ज क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।

    यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, द्यल्ऋब्ए ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ऋ म्ऋ फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।

    टाटा मोटर्स नेपालमा रहेको २० वटा शोरुम संगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा  कारको जानकारी लिन सकिने छ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपिङ्ग गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज पाउने कम्पनिले जनाएको छ ।    

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend