२०८३, आश्विन २३ गते

images

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

सोमवार, मंसिर ८ २०८२०४:३५
सोमवार, मंसिर ८ २०८२०४:३५
  • images

    काठमाडौँ । सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई मुख्यमन्त्रीमा नियुक्त गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो। 

    मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि आजै अर्याललाई नियुक्त गरिएको हो। हाल रक्षा मन्त्रालयमा रहेका उनी वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव मध्येमा पर्थे।
     
    रष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् ।


    उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend