२०८३, आश्विन २३ गते

images

घट्यो काठमाडौँको न्यूनतम तापक्रम, तराइँमा हुस्सु

घट्यो काठमाडौँको न्यूनतम तापक्रम, तराइँमा हुस्सु

मंगलवार, मंसिर ९ २०८२०७:३९
मंगलवार, मंसिर ९ २०८२०७:३९
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा मंगलबार (आज) घटेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो। 

    त्यसो त काठमाडौँ उपत्यकाका लागि यो न्यूनतम तापक्रम सोमबारको भन्दा कम मात्र नभई यो वर्षको अहिलेसम्मकै कम हो। यसअघि उपत्यकामा सबैभन्दा कम न्यूनतम तापक्रम मंसिर ७ गते ७.८ डिग्री सेल्सियस थियो। हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।

    आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेला अझ घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ यही कायम पनि रहन सक्छ। 

    मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ। 

    मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend