२०८३, आश्विन २१ गते

images
  • अटो
  • दिपल एस ०७ आईसिएमा‘ बाइब्याक ग्यारेन्टी’,...

दिपल एस ०७ आईसिएमा‘ बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

दिपल एस ०७ आईसिएमा‘ बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च

मंगलवार, मंसिर ९ २०८२१२:०६
मंगलवार, मंसिर ९ २०८२१२:०६
  • images

    काठमाडौँ । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’ मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ । यो स्किमले दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व  अनुभवलाई अझ सहज बनाउने एमएडब्लु वृद्धिको बलियो प्रतिबद्धतालाई झल्काउँछ ।

    बाईब्याक ग्यारेन्टी कार्यक्रम अन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्न प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचैँ वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउने छन् । यो स्किमले इभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।

    पाँचवर्षसम्म शुन्य खर्च

    बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँचवर्ष सम्म शुन्य खर्च लाग्ने बृहत कार्यक्रमको पनि उपभोगगर्न सक्ने छन् ।यस अन्तर्गत ग्राहकले पाँचवर्ष सम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमालाग्ने खर्च र‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन ।आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किम मार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध इभी‘एक्सपिरियन्स’गर्न पाउनेछन् र यसले विश्वसनीयता र दीर्घकालिन सेवाप्रति एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई दर्शाउँछ ।

    ‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो ।दिपल एस०७आईसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलइभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो ।’

    लक्जरी र प्रविधिको नयाँमापदण्ड

    एस०७आईसिएमा दिपल एपमा ग्राहकलाई कार सँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्यालखोल्न र बन्दगर्न, एसी कन्ट्रोलगर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एपकनेक्टिभिटी, एमेजनम्युजिक, स्पटिफाई र लाइभनेभिगेसनको समेत सुविधा रहेको छ ।

    दिपल एस०७आईसीएम आफ्नो ट्रेन्डसेटिंग डिजाइन र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँमानक स्थापित गर्छ ।यसको ‘टाइमलेस डिजाइन’र १० भन्दा बढी अझै पनिअन्य इभीमा नभएका ‘इन्डस्ट्री फस्र्ट’फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend