२०८३, आश्विन २३ गते

images
  • समाचार
  • ललितपुरको चापागाउँमा ट्रक–मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको...

ललितपुरको चापागाउँमा ट्रक–मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ललितपुरको चापागाउँमा ट्रक–मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

बुधवार, मंसिर १० २०८२०१:२०
बुधवार, मंसिर १० २०८२०१:२०
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटो नजिक आज (बुधबार) बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल बिहानै ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
    घाइते युवक काठमाडौँ कीर्तिपुर नगरपालिका–५ भत्केको पाटीका २२ वर्षीय सुशान्त बस्नेत रहेको ललितपुर प्रहरीले जनाएको छ।

    आफ्नै मोटरसाइकलमा सवार बस्नेतलाई घटनापछि तत्काल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend