२०८३, आश्विन २३ गते

images
  • समाचार
  • रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ...

रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित

रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित

सीएनएन खबर
बिहिवार, मंसिर ११ २०८२१२:०६
सीएनएन खबर
बिहिवार, मंसिर ११ २०८२१२:०६
  • images

    काठमाडौँ । बुटवलको सुप्रिम सहकारी संस्थाबाट रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

    मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा परेको थियो। रवि लामिछानेले जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै उच्च अदालतमा थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै निवेदन दिएका थिए।

    अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएका कारण सुनुवाइ रोकिएको हो। अघिल्लो बिहीबार पनि पाटन उच्च अदालतमा पेशी परेकाले सुनुवाइ स्थगित भएको थियो।

    सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेसहित दुवै प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको थियो। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमा पेश गरेका थिए भने जोशीले पनि सोही रकम पेश गरेका थिए।

    हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्। लामिछानेले आफू सहकारीको शेयर सदस्य वा ऋणी नभएको भन्दै रकम नलिएको दाबी गर्दै आएका छन्।

    अदालतले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकोले एउटैसाथ सुनुवाइ गर्ने निर्णय गरेको छ, तर सर्वोच्चबाट सुरु मिसिल प्राप्त नभएकोले सुनुवाइ निरन्तर स्थगित भइरहेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend