२०८३, आश्विन २३ गते

images
  • समाचार
  • संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने दलको...

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने दलको संख्या बढ्दै, तीन समूहले दिए आयोगमा निवेदन

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने दलको संख्या बढ्दै, तीन समूहले दिए आयोगमा निवेदन

बिहिवार, मंसिर ११ २०८२१२:३४
बिहिवार, मंसिर ११ २०८२१२:३४
  • images

    काठमाडौं । संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ। एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहँदा निर्वाचन आयोगबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ।

    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले बिजुलीको चिम चुनाव चिह्नमा चुनाव लड्ने गरी निर्वाचन आयोगमा निवेदन दिएका छन्। त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतो चुनाव चिह्नमा संयुक्त रूपमा चुनाव लड्ने तयारी गरेका छन्।

    नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल चुनाव चिह्नमा चुनाव लड्ने निवेदन दिएका छन्।

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ अनुसार, दुई वा दुई भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै चुनाव चिह्नमा संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन निवेदन दिन सक्छन्। यस अवस्थामा उम्मेदवार कुन दलसँग सम्बन्धित छ भन्ने कुरा खुलाउनुपर्नेछ।

    संयुक्त रूपमा निर्वाचन लड्दा सबैभन्दा बढी सिट पाउने दलको नाममा एक मात्र संसदीय दल गठन हुनेछ। अन्य दलका निर्वाचित सदस्यहरू पनि सोही संसदीय दलको सदस्य मानिने छन्। नयाँ निर्वाचन चिन्ह प्रयोग गरेर संयुक्त रूपमा निर्वाचन लड्ने दलले नयाँ संसदीय दल गठन गर्न सक्ने व्यवस्था पनि छ।

    ४ मंसिर २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८४ दलले चुनाव लडेका थिए। यस पटक, निर्वाच्न लड्ने दलको संख्या अझ बढेको छ। बुधबारसम्म १०६ दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्। दल दर्ताको समय थपेर मंसिर १४ गतेसम्म पुर्‍याइएको हुँदा, अझ केही दल थपिन सक्ने सम्भावना छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend