२०८३, आश्विन २३ गते

images
  • समाचार
  • प्रचण्डको नयाँ पार्टीमा मुस्कान खातुन केन्द्रीय...

प्रचण्डको नयाँ पार्टीमा मुस्कान खातुन केन्द्रीय सदस्य

प्रचण्डको नयाँ पार्टीमा मुस्कान खातुन केन्द्रीय सदस्य

बिहिवार, मंसिर ११ २०८२०३:३८
बिहिवार, मंसिर ११ २०८२०३:३८
  • images

    काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् ।

    त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले स्वागत गरेका थिए ।

    साथै, उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए ।

    वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला  सम्मान प्रदान गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend