२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल...

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

बिहिवार, मंसिर ११ २०८२०३:४४
बिहिवार, मंसिर ११ २०८२०३:४४
  • images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५ प्राप्त गरेको छ । 

    नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्‍याउको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । 

    सोही अवसरमा नेपाली साझेदारहरुको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए । नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ कार्यक्रम अवसरमा सचिव शर्माले महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीलाई सो अवार्ड हस्तान्तरण गरे ।

    सो अवसरमा बोल्दै सचिव पौडेलले यो अवार्डले बेलायत र नेपालका संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको धारणा राख्दै आउने दिनमा हरित सीपको क्षेत्रमा थप प्रगति हुने अपेक्षा गरे ।

    गोइङ ग्लोबल पार्टनरसीप अवार्ड अन्तर्गत ब्रिटिस काउन्सिलको गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रमको पाँचौं वार्षिकोत्सवका अवसरमा गोइङ ग्लोवल पार्टनरसीप अवार्डबाट संस्थाको सहयोगमा सञ्चालित प्रभावकारी, विशिष्ट र प्रेरणादायी परियोजनालाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend