२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कमला नगरपालिकाका तत्कालीन मेयर, प्रमुख प्रशासकीय...

कमला नगरपालिकाका तत्कालीन मेयर, प्रमुख प्रशासकीय अधिकृत सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

कमला नगरपालिकाका तत्कालीन मेयर, प्रमुख प्रशासकीय अधिकृत सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, मंसिर ११ २०८२०४:४५
बिहिवार, मंसिर ११ २०८२०४:४५
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । साथै एक कम्पनी इन्फ्रास्ट्रक्चर एस एण्ड बी विल्डर्स प्रालिउपर पनि मुद्दा दायर भएको हो ।

    कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा न्यूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    आयोगले तत्कालीन नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार साधान, लेखापाल सञ्जीव कुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिकाका तत्कालीन कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी र समसुल मिया मोमिनविरुद्ध मुद्दा दायर भएको हो ।

    त्यसबाहेक इन्फ्रास्ट्रक्चर एस एण्ड बी विल्डर्स प्रालि र त्यसका अध्यक्ष सन्तोष कुमार यादवविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

    उनीहरूविरुद्ध २९ लाख ४४ हजार १३७ रूपैयाँ बिगो कायम गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend