२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कामु प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा...

कामु प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा सिफारिस

कामु प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा सिफारिस

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:१२
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:१२
  • images

    काठमाडौँ। सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव तथा सहसचिव वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गर्न सिफारिस गरिएको छ। लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव पदका लागि ज्येष्ठताका आधारमा अर्यालको नाम अगाडि सारेको हो।

    राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी मंसिर ९ गतेदेखि अनिवार्य अवकाशमा गएपछि प्रशासन सेवामा सचिव पद रिक्त भएको थियो। सोही रिक्त पदमा ज्येष्ठ सहसचिव अर्याललाई एकल सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले पुष्टि गरेको छ।

    निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवामा चार चक्रसम्म एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिव सिफारिस गरिन्छ। पाँचौँ चक्रमा भने ज्येष्ठताका आधारमा एक मात्र सहसचिव सिफारिस गर्ने प्रावधान रहन्छ, जसअनुसार अर्यालको नाम परिएको मन्त्रालयले जनाएको छ।

    स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend