२०८३, आश्विन २३ गते

images

रहेनन मेयर बालेनका बुबा रामनारायण *

रहेनन मेयर बालेनका बुबा रामनारायण *

सीएनएन खबर
सोमवार, मंसिर १५ २०८२१२:३०
सीएनएन खबर
सोमवार, मंसिर १५ २०८२१२:३०
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।

    बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो। उनलाई आइतबार अस्पताल लगिएको थियो। 

    उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको हो । स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

    आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

    रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।

    *(तस्बिर दिवंगत रामनारायण शाहको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक) 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend