२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बुधबारदेखि पाटनमा कला तथा सांस्कृतिक महोत्सव...

बुधबारदेखि पाटनमा कला तथा सांस्कृतिक महोत्सव हुने, यस्तो छ तयारी

बुधबारदेखि पाटनमा कला तथा सांस्कृतिक महोत्सव हुने, यस्तो छ तयारी

मंगलवार, मंसिर १६ २०८२०४:२८
मंगलवार, मंसिर १६ २०८२०४:२८
  • images

    काठमाडौँ । नेपाली कला तथा संस्कृतिको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघले यही मंसिर १७ देखि २१ गते सम्म कला तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।

    मंगलबार महासंघको भवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ललितपुर महानगरपालिकाको सहयोगमा संचालन हुने महोत्सव अवधिमा महासंघले ललितपुर महानगरपालिका स्तित पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्राहलय परिसरमा हस्तकला प्रर्दशनी गर्ने छ ।

    महासंघ र ललितपुर महानगरपालिका वडा नं. १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्राहलयको संयुक्त तत्वावधानमा हुने उक्त हुने उक्त हस्तकला प्रदर्शनीमा करिव २१ वटा क्यानोपी र १० वटा टेबुल स्टल रहने छन् ।

    प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुको अलावा ललितपुर महानगरपालिका वडा नं. १६ को हस्तकला प्रवद्र्धन समितिबाट बुद्ध धर्म अनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातिय पोशाक प्रदर्शनी र सोही वडाका सांस्कृतिक समितिबाट शास्त्रिय संगीत विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा तथा नेपाल भाषका लोकगीत प्रस्तुत गरिने छ ।

    महोत्सवमा महासंघबाट कोरिया स्थित इमाकोको सहकार्यमा मुखौटा प्रदर्शनी गरिनुका साथै प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकहरुको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरु सजाइने छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend