२०८३, आश्विन २३ गते

images

क्यानका महाप्रबन्धक प्रदीप अधिकारी पक्राउ

क्यानका महाप्रबन्धक प्रदीप अधिकारी पक्राउ

सीएनएन खबर
बुधवार, मंसिर १७ २०८२०२:१४
सीएनएन खबर
बुधवार, मंसिर १७ २०८२०२:१४
  • images

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको हो । स्रोतका अनुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

    उनीसँगै क्यानका पूर्वनिर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।  

    बुधबार उनीहरूको तारेख थियो। तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ। 

    उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ।  उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गरिरहेको थियो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend