काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जसअनुसार उनी कारागार चलान हुने भएका छन्।
नलिन्चोकको हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा थुनछेक बहस बहसपछि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो।
उनीसँगै पक्राउ परेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
उनलाई गत बुधबार अख्तियारले पक्राउ नै गरेर मुद्दा चलाएको थियो। उनीविरुद्ध आइतबार पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचारमा अर्को मुद्दा पनि दायर भएको छ।

