२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नक्कली शैक्षिक योग्यता पेश गरेर इन्जिनियरले...

नक्कली शैक्षिक योग्यता पेश गरेर इन्जिनियरले पालिकामा जागिर खाएपछि...

नक्कली शैक्षिक योग्यता पेश गरेर इन्जिनियरले पालिकामा जागिर खाएपछि...

सीएनएन खबर
बुधवार, मंसिर २४ २०८२०३:२७
सीएनएन खबर
बुधवार, मंसिर २४ २०८२०३:२७
  • images

    काठमाडौँ । बराहक्षेत्र नगरपालिकाका सव इन्जिनियरले नक्कली शैक्षिक योग्यता पेश गरेर जागीर खाएको पाइएको छ । पालिकाका सव इन्जिनियर शिव नारायण मण्डलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनले नक्कली शैक्षिक योग्यता पेश गरेर जागीर खाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    उनले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग समेतको नक्कली झुट्टा शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी जिल्ला विकास समितिको कार्यालय सुनसरीमा २०७३ सालदेखि जागीर खाएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    उनले २०६७ सालदेखि स्थायी नियुक्ती लिएको भन्दै आयोगले उनले लिएको तलब भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी तथा सुविधा प्राप्त गरेको देखिएकोबाट उनको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको उल्लेख छ । 

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend