२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सहसचिव भट्टराई सहित ६ जना विरुद्द...

सहसचिव भट्टराई सहित ६ जना विरुद्द भ्रष्टाचार मुद्दा

सहसचिव भट्टराई सहित ६ जना विरुद्द भ्रष्टाचार मुद्दा

बिहिवार, मंसिर २५ २०८२०३:२६
बिहिवार, मंसिर २५ २०८२०३:२६
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा आयोगले बिहीबा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा चलाएको हो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार, तत्कालीन सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

    अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए ।

    यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो ।

    घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।

    भट्टराई विरुद्ध करिब ७९ लाख र शाखा अधिकृत यज्ञ अर्याल विरुद्ध ५ लाख बिगो माग दाबी गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend