२०८३, आश्विन २२ गते

images
  • समाचार
  • वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम...

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

सीएनएन खबर
बुधवार, पौष ९ २०८२१०:२७
सीएनएन खबर
बुधवार, पौष ९ २०८२१०:२७
  • images

    काठमाडौँ । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।

    गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६।४२ प्रतिशत अर्थात् एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो । 

    त्यसैगरी १७ करोड ३६ लाख मूल्यको पेट्रोल र १२ अर्ब १७ करोडको  एलपी ग्यासको पनि आयात भयो । त्यस्तै सात अर्ब २५ करोडको एटिएफ र १९ करोडको मट्टितेल आयात भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend