२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजको मौसम पूर्वानुमान: दिनभर तराईमा हुस्सु,...

आजको मौसम पूर्वानुमान: दिनभर तराईमा हुस्सु, भोली वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: दिनभर तराईमा हुस्सु, भोली वर्षाको सम्भावना

शनिवार, पौष १२ २०८२०७:४३
शनिवार, पौष १२ २०८२०७:४३
  • images

    काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा  हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । 

    त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend