२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजको मौसम: काठमाडौँ उपत्यकाको तापक्रम ५...

आजको मौसम: काठमाडौँ उपत्यकाको तापक्रम ५ डिग्री, तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

आजको मौसम: काठमाडौँ उपत्यकाको तापक्रम ५ डिग्री, तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

बुधवार, पौष १६ २०८२०७:२५
बुधवार, पौष १६ २०८२०७:२५
  • images

    काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ ।

     कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend