२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव...

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला

सीएनएन खबर
बुधवार, पौष १६ २०८२१०:०७
सीएनएन खबर
बुधवार, पौष १६ २०८२१०:०७
  • images

    काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ।

    प्रहरीका अनुसार तामाङको शव घ्याङ्लेख गाउँपालिका–१ अन्तर्गत पिउरीखोला जंगलमा भेटिएको हो। उनको हत्या भएको हो वा बन्दुक आफैं पड्किँदा घटना भएको हो भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

    तामाङको शव आफ्नै घरदेखि करिब तीन किलोमिटर दक्षिणतर्फको जंगलमा फेला परेको हो। नाइटोको भागबाट रगत बगिरहेको अवस्थामा शव देखेपछि प्रहरी चौकी अमलेले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।

    सूचना प्राप्त हुनासाथ राति नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटको संयुक्त टोली घटनास्थल पुगेको थियो।

    प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ। शव नजिकै एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको छ। साथै मृतकले बोकेको झोलामा बारुद जस्तो देखिने पदार्थका साथै फलाम र सिसाका टुक्रा पनि भेटिएको एसपी सुवेदीले बताए।

    शवलाई मुचुल्का उठाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend