काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ को निर्वाचनको वातावरण निर्माणमा सरकार तल्लीन रहेको बताएका छन्।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने, “निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा पेश भइसकेको छ, अब चुनावको वातावरण बन्छ।”
अर्यालले स्पष्ट पारे, “सरकारको मुख्य ध्येय सत्तामा टिकिरहने होइन, निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु हो।”
उनले जेनेरेसन (जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै) सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको दाबी पनि गरे।
साथै उनले जोड दिए, “देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। सुशासन चाहनुहुन्छ भने आवधिक निर्वाचनको विकल्प छैन। ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ।”

