२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नापीका अधिकृत सहित ६ जना विरुद्द...

नापीका अधिकृत सहित ६ जना विरुद्द भ्रष्टाचार मुद्दा

नापीका अधिकृत सहित ६ जना विरुद्द भ्रष्टाचार मुद्दा

बुधवार, पौष १६ २०८२०४:३१
बुधवार, पौष १६ २०८२०४:३१
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विद्यालयको ३ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै आयोगले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो ।

    आयोगले पोख्रेलसहित मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोगका तत्कालीन सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र भीमबहादुर विकविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उनीहरू सबै जनाविरुद्ध जनही १ करोड ४० लाख २५ हजार रूपैयाँ बिगो कायम गरिएको छ ।

    कास्कीको साबिक कन्धानीडाँडा गाउँ विकास समिति, वडा नम्बर  ४ तथा पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरको कित्ता नम्बर ७२५ को क्षेत्रफल ३(३(०(० रोपनीसमेतको जग्गा व्यक्तिको नाममा कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।

    ती सबै जनाले मिलेमतो गरी विद्यालयको नाममा कायम रहेको उक्त जग्गा व्यक्ति भीमबहादुर विकको नाममा दर्ता कायम गरी जग्गाको जग्गाधनी प्रमाण पुर्जा समेत वितरण गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend