२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको...

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२१०:३५
सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२१०:३५
  • images
    काठमाडौँ । बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । 
     
    स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।
     
    कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउँछन् । 
     
    चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताए । हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका  बिरामी आउने गरेका जानकारी उनले दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend