काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
चक्रे मिलन आपराधिक र गुण्डागर्दी पृष्ठभूमिका व्यक्ति मानिन्छन्। प्रहरीको CRS अनुसार उनीमाथि १२ भन्दा बढी मुद्दा दर्ता भइसकेका छन्, र उनी पटक–पटक पक्राउ परेका छन्।
गुरुङले भने, “मैले आफ्नो निर्णय जनताको माग र दबाबका कारण लिएको हुँ। म समाजसेवामा समर्पित छु।” हाल उनी टिकट पाउँछन् कि पाउँदैनन्, त्यो निर्वाचन आयोग र पार्टीको अन्तिम निर्णयमा निर्भर छ।

