काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको भाउ घटेपछि फ्युल सर्चार्ज समायोजन गर्दै हवाई भाडा घटाएको छ।
नयाँ मूल्य अनुसार काठमाडौं–धनगढी रुटमा २६५ रुपैयाँ, काठमाडौं–नेपालगञ्जमा १९५ रुपैयाँ, काठमाडौं–माउन्टेन फ्लाइटमा २१० रुपैयाँ र काठमाडौं–भद्रपुरमा १८० रुपैयाँ कम भाडा लाग्ने भएको छ।
छोटो र क्षेत्रीय रुटमा पनि भाडा घटेको छ, जस्तै काठमाडौं–जनकपुर ७५ रुपैयाँ, काठमाडौं–सिमरा ५५ रुपैयाँ र काठमाडौं–पोखरा ९५ रुपैयाँ कम। उड्डयन प्राधिकरण अनुसार नयाँ भाडा आजदेखि लागू हुनेछ।

