२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना :...

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाइते

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाइते

आइतवार, पौष २० २०८२१०:३८
आइतवार, पौष २० २०८२१०:३८
  • images

    काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा पर्दा २ जना विद्यार्थीको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

    सुनछहरी गाउँपालिका–१ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटना भएको हो।

    दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विकको मृत्यु भएको रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए। मृतक दुवै जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।

    दुर्घटनामा घाइते हुनेहरूमा सुनछहरी गाउँपालिका–४ स्युरीका १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend