२०८३, आश्विन २१ गते

images
  • समाचार
  • भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ६ जनाको...

भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु

भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु

आइतवार, पौष २० २०८२०८:१६
आइतवार, पौष २० २०८२०८:१६
  • images

    काठमाडौं ।काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका ९ जनामध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो। डीएसपी पुष्कर बोगटीले मृतकहरूको पहिचान खुल्न नसकेको जानकारी दिए।

    आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप जुरीखेत क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। जिपमा चालकसहित ९ जना सवार थिए।

    दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु संख्या बढ्न सक्ने आशंका गरिएको छ।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार तीव्र गति र सडकको जोखिमपूर्ण अवस्था दुर्घटनाको कारण हुन सक्ने बताइएको छ।घटनापछि सो क्षेत्रमा केही समय सवारी आवागमन प्रभावित भएको थियो। थप विवरण र मृतकहरूको पहिचान खुलेपछि सार्वजनिक गरिने जिल्ला प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend