२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लागेपछि फेरिए...

बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लागेपछि फेरिए काठमाडौं उपत्यकाका ३ मालपोत प्रमुख

बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लागेपछि फेरिए काठमाडौं उपत्यकाका ३ मालपोत प्रमुख

सोमवार, पौष २१ २०८२१०:१०
सोमवार, पौष २१ २०८२१०:१०
  • images

    काठमाडौँ । बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लागेपछि सरकारले काठमाडौँ उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखलाई हटाएको छ । 

    सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो । सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।

    भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा।डा। कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् ।

    उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका थिए । वर्तमान सरकारले हटाएको हो ।

    उपत्यकाका यी कार्यालयहरुमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरुको संलग्नता हुने गरेको गुनासो आउने गरेको मन्त्रालय स्रोत बताउँछु ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend