काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ९ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी आह्वान गरिएको छ।
केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि सचिवालय बैठक बोलाइएको हो।
आगामी माघ ११ गते हुने राष्ट्रियसभाका रिक्त पदको निर्वाचनमा राजनीतिक दलहरूबीच तालमेलको विषय प्रमुख एजेन्डा रहने जनाइएको छ। एमालेले निर्वाचनमा सहकार्यका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलसँग छलफल अघि बढाइसकेको छ।
यसै सन्दर्भमा गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक्लाएक्लै भेटवार्ता गरी चुनावी सहकार्यबारे छलफल गरेका थिए।

