काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति पौडेल आगामी आइतबार ९माघ १८ गते० जापान भ्रमणमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन्।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ ९वि।सं। २०१३ भदौ १७ गते० कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

