काठमाडौं। काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट ठूलो परिमाणमा सुनचाँदीका गहना चोरी भएको छ। मंगलबार मध्याह्न करिब १२ बजे पाँचतले घरको चौथो तलाबाट करिब ४२ तोला सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
चोरीमा ३२ तोला सुनका गहना र अन्दाजी १० किलो चाँदीका गहना रहेको प्रहरीले जनाएको छ। घरको छतमा मानिसहरू बसिरहेका बेला चौथो तलामा चोरी भएको बताइएको छ।
चोरी भएको कोठाको ढोका कब्जा फुकाइएको अवस्थामा फेला परेको छ। घटनापछि प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको छ।

