२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ग्यास अभाव देखाएर कमिसन बढाउने व्यवसायीको...

ग्यास अभाव देखाएर कमिसन बढाउने व्यवसायीको दाउ, निगम भन्छः अभावको हल्ला निराधार

ग्यास अभाव देखाएर कमिसन बढाउने व्यवसायीको दाउ, निगम भन्छः अभावको हल्ला निराधार

बुधवार, माघ २१ २०८२११:४१
बुधवार, माघ २१ २०८२११:४१
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्याँसको हाहाकार मच्चिएको छ । उपभोक्ताहरु खाना पकाउने ग्याँस नपाउँदा भौतारिन बाध्य भएका छन् । 

    उपत्यकामा सबैभन्दा धेरै ग्यासको उपभोक्ता रहेको नेपाल ग्यासका उपभोक्ता खाली सिलिण्डर नै बोकेर उद्योगसम्म पुगेका छन् । उद्योगीले कमिसन वृद्धि गराउने नियोजित योजना बनाएर बजारमा खाना पकाउने ग्यास अभाव गराएका छन् । तर, अहिले ग्यास ढुवानीका लागि प्रयोग भइरहेका भारतीय बुलेटको संख्या घटेको कारण आयातमा समस्या भइरहेको उद्योगीको तर्क छ । नेपालमा ग्यास आयात गर्ने सबै बुलेट भारतीय नै छन् । विगतमा सात सय बुलेटले ढुवानी गरेकामा एक वर्षयता डेढ सय घटेका छन् ।

    gas3.jpg

    भारतीय बुलेट व्यवसायीले पछिल्लो समय ढुवानी भाडा वृद्धि गर्न दबाब दिएर ग्यास आपूर्तिमा कडाइ गरेको एक उद्योगीले बताए । 

    एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले सो कुरा पुष्टी गरेका हुन् ।

    उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पार्दै दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको बताए ।

    उनका अनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन ९आइओसी० बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।

    gas1.jpg

    ‘लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ,‘ तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा रहेका छन् । तसर्थ, आदारणीय उपभोक्ताज्युहरुलाई अनावश्यक रुपमा ग्यास स्टक नगरिदिनुहुन अनुरोध छ ।’ यस्तै, उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति जारी रहने स्पष्ट पारिएका छन् ।

    ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास अभाव भनिएको बजार हल्लामा कुनै सत्यता नरहेको बताए ।

    gas2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend