२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नेपालबाट उड्ने वित्तीकै टर्किस एयरलायन्सको जहाजमा...

नेपालबाट उड्ने वित्तीकै टर्किस एयरलायन्सको जहाजमा समस्या, कलकत्ता डाईभर्ट

नेपालबाट उड्ने वित्तीकै टर्किस एयरलायन्सको जहाजमा समस्या, कलकत्ता डाईभर्ट

सीएनएन खबर
बुधवार, माघ २१ २०८२०२:३९
सीएनएन खबर
बुधवार, माघ २१ २०८२०२:३९
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा समस्या देखिएको छ । विमानस्थलबाट उडेलगत्तै विमानमा इन्जिन अन फायर देखिएको हो । समस्या देखिएपछि जहाजलाई कलकत्ता डाईभर्ट गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिनमा समस्या आएको जानकारी चालकदलले काठमाडौं टावरलाई गराएको थियो।

    चालकदलले सिंगल इन्जिनमा उडिरहेको रिपोर्ट गरेपछि विमान काठमाडौंको आकाश क्षेत्र छाडेर धादिङ जिल्लाको धार्के क्षेत्रमाथि केही समय एउटा इन्जिनकै भरमा फन्को लगाउँदै (होल्ड गर्दै) इन्जिनको अवस्था जाँच गरेको थियो।

    जाँचका क्रममा दुवै इन्जिनको भरमा सुरक्षित रूपमा लामो दूरीको उडान सम्भव नरहेको निष्कर्षमा पुगेपछि चालकदलले इस्तानबुलको उडान निरन्तरता नदिई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको हो।

    वाइडबडी विमान भएकाले काठमाडौंमै फर्किन वा भैरहवा अवतरण गर्ने विकल्प रहे पनि जोखिम नलिने उद्देश्यले कोलकाता डाइभर्ट गरिएको क्यानले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend