काठमाडौँ । बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको छ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर चोरहरूले मंगलबार दिउँसो घरभित्र प्रवेश गरी गरगहना चोरी गरेका हुन्।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

