काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा स्वास्थ्य शाखाको औषधी खरिदमा अनियमितता गरेको भन्दै पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फर्माका सञ्चालक कृृष्ण कुमार भुजुवा विरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुमाथि औषधी खरिदमा १ लाख ९१ हजार ८५० रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले उक्त रकम बराबरको विगो मागदाबी गर्दै मुद्धा दायर गरेको हो ।

