२०८३, आश्विन २२ गते

images

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२०८:३६
सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२०८:३६
  • images

    काठमाडौँ । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पु¥याउने क्रममा बाटोमा  मृत्यु भएको हो ।

    आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको  प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा  प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend